लुम्बिनी प्रादेशिक अस्पताल : ११६ औ प्रवेशमा विविध कार्यक्रम

by समतल अनलाइन
27Shares

बुटवल ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफनो ११६ औ वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाउने भएको छ । फागुन १५ गते विभिन्न सामाजिक उत्तरदायित्वका क्रियाकलाप तथा प्रतियोगितात्मक गतिविधिसहित मनाउने भएको हो ।

शुक्रबार बसेको बैठकबाट वार्षिकोत्सव मनाउने विभिन्न समिति तथा उपसमिति गठन गरि तयारीलाई अघि बढाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए । लुम्बिनी प्रदेशकै ठूलो यस अस्पतालमा वार्षिक साढे ३ लाख बढीले स्वास्थ्य सेवा लिने गर्दछन् । वार्षिकोत्सवको अवसरमा कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान, अभिमुखिकरण, रक्तदान तथा फलफूल वितरण, सरसफाई तथा सचेतना कार्यक्रम हुने भएको हो ।

स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण भलिबल, फुटबल, ब्याटमिन्टन, म्याराथन लगायतका प्रतियोगिताहरु आयोजना गरिने मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए । यसैगरी कविता वाचन प्रतियोगिता, हाजिरी जवाफ लगायतका बौद्धिक प्रतिस्पर्धा समेत गराइने उनले बताए ।

चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफ नर्स तथा कर्मचारीहरुसहित करिब ९ सय जना कार्यरत छन । आगामी शनिबारदेखि नै प्रतियोगितात्मक गतिविधि सुरु गरि अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी गराए ।

You may also like