तिलोत्तमा । तिलोत्तमालाई ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमा गराउन महत्वपुर्ण भूमिका खेल्नुभएका सबै सरसफाई कर्मीहरुलाई पोशाक तथा जुत्ता बितरण गरिएको छ।तिलोत्तमा नगरपालिका बाताबरण तथा विपद व्यवस्थापन शाखाले नगर भित्र सरसफाई कार्यमा सम्मिलित कर्मचारीहरुलाई पोशाक तथा जुत्ता वितरण गरेको हो ।

नगर परिसरमा आयोजित कार्यक्रममा नगरले सडक तथा वडा र निश्चित क्षेत्र भित्र गएर सरसफाई गर्ने महिला तथा पुरुष कर्मचारीहरुलाई पोशाक र जुत्ता वितरण गरेको हो ।कार्यक्रममा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण , उपप्रमुख जगेश्वर देवी चौधरी , प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, कार्यपालिका सदस्य रवि सेन्चुरी, बाताबरण शाखा इन्जिनियर युवराज पन्थी, शाखा अधिकृत गोरखनाथ खनाल लगायतले सफाई कर्मचारीलाई ट्र्याक्शुट र जुत्ता वितरण गर्नुभएको थियो । करिव ५० जना सफाई कर्मचारीलाई पोशाक सहितका सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले सरसफाई मार्फत देशमा मात्रै नभएर विदेशसम्म तिलोत्तमाको नाम उच्च राख्न सफल भएकोमा सबै सरसफाई कर्मीहरुलाई उच्च सम्मान ब्यक्त गर्नुभएको थियो।सो अवसरमा उपमेयर जागेश्वर देवी चौधरीले तिलोत्तमा नगरको विकासमा महत्वपूर्ण भूमिका खेल्दै सरसफ़ाईलाई पहिलो काम भनी दिनरात खट्नुहुने सबै कर्मचारीलाई धन्यबाद दिंदै काम सानो ठुलो नहुने हुँदा सबै मिलेर एकजुट भै तिलोत्तमाको गौरव बढाउन लाग्नुपर्ने धारणा राख्नुभएको थियो । सरसफाई कर्मीहरुलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नगरपालिकाको शान बनेको सरसफाई र हरियालीमा खटेर काम गर्नुहुने सबै लाई धन्यबाद दिंदै आगामी दिनमा अझ सुबिधासंगै सुरक्षमा समेत नगरपालिकाले ध्यान दिने बताउनुभयो।कार्यक्रममा सरसफाई कर्मिहरुले पोशाक र जुत्ता पाए पछि कामगर्ने दौरानमा हुने सम्भावित दुर्घटनाबाट बचिने र कामप्रति गर्व गर्न सकिने बताएका थिए।



