सुन तोलाको ९५ सयले बढ्यो, चाँदीपनि आकाशियो

by समतल अनलाइन
41Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको ९ हजार ५ सयले बढेर तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि मंगलबार सुन तोलाको ३ लाख ९ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४३० रुपैयाँले बढेर तोलाको ७३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि मंगलबार चाँदी तोलाको ६८७० रुपैयाँमा कारोबार भएको थियो ।

You may also like