पश्चिमी वायूको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

by समतल अनलाइन
46Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ।

विभागका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ। बाँकी हिमाली भू–भागमा आंशिक बदली रही तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षा भइरहेको छ।

आज दिउँसो तराई भू–भागका केही स्थानमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ। देशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

त्यस्तै, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको छ।

You may also like