23
बुटवल। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। महिलातर्फ नेकपा एमालेकी रामकुमारी झाँक्री विजयी हुनुभएको छ। उहाँले ६ हजार ३०३ मतभार प्राप्त गर्नुभयो। उहाँकी प्रतिद्वन्द्वी नेकपाकी दुर्गाकुमारी भण्डारीले १ हजार ३६२ मतभार पाउनुभयो। जनमोर्चाकी पण्डितले १५२ मतभार प्राप्त गर्नुभयो।

अन्यतर्फ नेपाली कांग्रेसका चन्द्रबहादुर केसी ५ हजार ९७७ मतभारसहित विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी नेकपाका बृहस्पति अधिकारीले १ हजार ८३२ मतभार प्राप्त गर्नुभयो भने जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार पाउनुभयो।
यस्तै, अपाङ्ग तथा अल्पसङ्ख्यकतर्फ नेपाली कांग्रेसका बासुदेव घिमिरे ५ हजार ३२३ मतभारसहित विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी नेकपाका सर्जन विकले १ हजार ६०१ मतभार प्राप्त गर्नुभयो।



