रामकुमारी झाँक्री राष्ट्रिय सभा सदस्यमा विजयी

by समतल अनलाइन
54Shares

दाङ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्री राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचित भएकी छन् । झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा ६ हजार ३०३ मतभार प्राप्त गर्दै विजयी भएकी हुन् ।

त्यस्तै काँग्रेसका उम्मेदवार चन्द्र बहादुर केसीले ५ हजार ३२२ मत प्राप्त गर्दै विजयी भएका छन् भने वासुदेव घिमिरे (जङ्गली) ले ५ हजार ९७७ मत प्राप्त गरेर विजयी भएका छन् ।

लुम्बिनी प्रदेशमा २८६ मतदाताले मतदानमा भाग लिएका थिए । त्यसमध्ये प्रदेशसभा सदस्य ७८ र स्थानीय तहका प्रमुख एवं उपप्रमुख २०८ जना थिए । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहलाई १९ मतभार र प्रदेश सभा सदस्य तर्फ ५३ मतभार कायम गरिएको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेपाली काँग्रेस र जसपा नेपालले तालमेल गरेका थिए ।

You may also like