मलाई विमानस्थलमा सुन तस्करझैँ चेकजाँच गरियो- ओली

by समतल अनलाइन
68Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनसक्ने टिप्पणी गरेका छन् ।

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकार आफूहरूलाई दुःख दिने र अपमान गर्नतिर लागिरहेको भन्दै निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनसक्ने बताए।

शुक्रबार आफू झापाबाट काठमाडौं फर्किँदा विमानस्थलमा अपमानित हुनपरेको बताउदै ओलीले माथिको आदेश भन्दै आफूलाई सुन तस्करझैँ चेकजाँच गरेको बताए ।

ओलीले नयाँ नाममा उदाएका पार्टीहरूको कुनै स्पष्ट गन्तव्य नभएको टिप्पणी गर्दै अहिलेको राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको बताए ।

ओलीले सो कार्यक्रममा सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालसहित अन्य लगानीकर्ताहरुलाई एमालेमा प्रवेश गराएका थिए ।

You may also like