प्रतिनिधिसभा निर्वाचन लक्षित तरुण दलको जिम्मेवारी बाँडफाँड

रूपन्देहीमा क्षेत्रगत संयोजक र सह–संयोजक तोकिए

by समतल अनलाइन
73Shares

बुटवल ।नेपाल तरुण दल जिल्ला कार्यसमिति रूपन्देहीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै क्षेत्रगत संयोजक तथा सह–संयोजक तोकेको छ।

नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारलाई रुख चिन्हमा मतदान गराई विजयी बनाउने उद्देश्यका साथ तरुण दललाई सक्रिय रूपमा परिचालन गर्न जिम्मेवारी बाँडफाँड गरिएको हो।

तरुण दल जिल्ला कार्यसमितिको निर्णयअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नवीन राज आचार्य संयोजक र मोहन जिसी सह–संयोजक तोकिएका छन्। यस्तै, क्षेत्र नम्बर २ मा हसन्त तामाङ संयोजक तथा सुजन पुन सह–संयोजक, क्षेत्र नम्बर ३ मा राजेश शाह संयोजक र दिनेश बुढापृथी सह–संयोजक चयन भएका छन्।

त्यसैगरी क्षेत्र नम्बर ४ मा पवन सिंह संयोजक र रजत यादव सह–संयोजक तथा क्षेत्र नम्बर ५ मा मधु सापकोटा संयोजक र राजकुमार चौधरी सह–संयोजकको जिम्मेवारी दिइएको छ।

तरुण दलले संगठनलाई थप सक्रिय, अनुशासित र परिणाममुखी बनाउँदै चुनावी अभियानमा केन्द्रित गराउने उद्देश्यसहित उक्त जिम्मेवारी तोकिएको जनाएको छ।

यस अवसरमा नेपाल तरुण दलका का. अध्यक्ष प्रशन कोइरालाले तरुणहरूलाई एकताबद्ध भएर कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न आग्रह गर्दै भने- “आसन्न निर्वाचन लोकतन्त्र, समावेशी विकास र संविधानको रक्षा गर्ने महत्वपूर्ण अवसर हो।

कोइरालाले तरुण शक्ति संगठित भएर मैदानमा उत्रिए कांग्रेसको विजय सुनिश्चित हुन्छ। रूपन्देहीका सबै तरुण साथीहरू जिम्मेवारीका साथ चुनावी अभियानमा होमिनु आवश्यक छ।”

You may also like