नवनिर्वाचित काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

by समतल अनलाइन
35Shares

काठमाडौँ । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको बैठक आज बस्दैछ । आजको बैठकले फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीका तर्फबाट जनतामाझ लैजाने घोषणापत्रका साथै प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने एजेण्डा रहेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पहिलो पटक बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । यसअघि दुई पटक बसेको केन्द्रीय समितिको बैठक आन्तरिक विवाद र कानुनी उल्झनका कारण बाहिर होटलमा बसेको थियो ।

You may also like