शिक्षामन्त्री महाविर पुनको राजीनामा

by समतल अनलाइन
54Shares

काठमाडौं।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’ यसअघि चुनाव लड्नकै लागि सरकारका प्रवक्तासमेत सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ताले यसअघि नै राजीनामा दिइसकेका छन्। स्रोतका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्न उनले पुनले पनि पदबाट राजीनामा दिएका हुन् ।

You may also like