समानुपातिक बन्दसूचीका ३ हजार २१३ उम्मेदवारको नामावली सार्वजनिक

by समतल अनलाइन
44Shares

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत बन्दसूचीमा रहेका ३ हजार २१३ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

आयोगका अनुसार यसअघि उम्मेदवारी दिएका २११ जनाको उम्मेदवारी काटिएको छ । समानुपातिकअन्तर्गत पुस १३ र १४ गते ६४ राजनीतिक दलले ५८ वटा निर्वाचन चिह्नमा भाग लिने गरी ३ हजार ४२४ जना उम्मेदवारको नाम बन्दसूचीमा पेस गरेका थिए । पेस गरिएको बन्दसूचीबाट जाँचबुझ, राजनीतिक दलले संशोधनसहित पेस गरेको र उम्मेदवार आफैंले फिर्ता लिएको गरेर २११ जनाको नाम हटेको हो ।

यो सँगै समानुपातिकतर्फको बन्दसूचीमा ३ हजार २१३ उम्मेदवारको प्रारम्भिक नामावली कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै आयोगले बन्दसूचिमा नाम समावेश भएकाकुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबि विरोध माघ १० गतेसम्म गर्न सकिने जानकारी दिएको छ ।

You may also like