नेप्सेमा ३१.१२ अंकको वृद्धि, ८ अर्ब ४० करोडको कारोबार

by समतल अनलाइन
61Shares

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आइतबार नेप्से ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३८ कम्पनिका एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ८ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ मा कारोबार भएको थियो । आज बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रो र गोर्खा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज थ्री स्टार हाइड्रोको शेयर सबै भन्दा बढी ८.७८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी मन्जुश्री फाइनान्सको ५३ करोड १६ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ३७ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।

You may also like