नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ ।
निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रूपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रूपैयाँ ६९ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रूपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रूपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रूपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रूपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रूपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रूपैयाँ ७१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९७ रूपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रूपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रूपैयाँ ७० पैसा र बिक्रीदर ११३ रूपैयाँ १६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ८२ पैसा र बिक्रीदर २० रूपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रूपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ८३ पैसा र बिक्रीदर ४० रूपैयाँ कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ६२ पैसा र बिक्रीदर चार रूपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ५० पैसा र बिक्रीदर ३९ रूपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ९१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८५ पैसा र बिक्रीदर नौ रूपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ७४ पैसा र बिक्रीदर १५ रूपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ५६ पैसा र बिक्रीदर २२ रूपैयाँ ६६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ६० पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रूपैयाँ ४६ पैसा र बिक्रीदर ४७६ रूपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३८६ रूपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७८ रूपैयाँ ४३ पैसा रहेको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



