विश्वप्रकाश उम्मेदवार नबन्ने भएपछि झापा-१ बाट ५ जनाको नाम सिफारिस

by समतल अनलाइन
70Shares

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ बाट नयाँ नाम सिफारिस गरिएको छ।

कांग्रेस झापा क्षेत्र नं १ को क्षेत्रीय समितिको बैठकले पाँच जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिए।

सिफारिस हुनेमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरू रहेका छन्।

पार्टीका उपसभापति शर्मा २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

गत महिना क्षेत्रीय समितिले शर्माको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो । तर, यस पटक उनले उम्मेदवार नबन्ने घोषणा गरेपछि नयाँ नाम सिफारिस गरिएको क्षेत्रीय सभापति बुढाथोकीले बताए।

You may also like