40
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–३ बाट उम्मेदवार बन्ने भएका छन् ।
राष्ट्रिय सभामा कार्यकाल सकिएर बिदा हुन लागेका श्रेष्ठ प्रतिनिधिसभा निर्वाचन लड्न लागेको उनको सचिवालयले जनाएको छ।
नेकपाले सर्लाही–३ मा श्रेष्ठलाई पहिलो प्राथमिकतामा राख्दै उम्मेदवार सिफारिस गरेको थियो । उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित भएका थिए।



