संस्थापन पक्षले पनि गगनको नेतृत्वलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प छैन : सुनिल

by समतल अनलाइन
53Shares

काठमाडौँ।नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई संस्थापन पक्षले स्वीकार गरेर अघि बढ्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग उनले निर्वाचन आयोगले आधिकारिकता दिएको नयाँ नेतृत्वलाई स्वीकार गर्नु संस्थापन पक्षका नेताहरूको विकल्प नभएको बताए।

उनका अनुसार संस्थापन पक्षको उत्पीडनका कारण विशेष महाधिवेशन भएको र त्यसले चयन गरेको नयाँ नेतृत्वलाई मिलाएर लैजाने दायित्व नवनिर्वाचित सभापति गगन थापाको रहेको छ । नेता शर्माले संस्थापन पक्षका नेताहरूलाई सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूले मिलाएर अघि बढाउने विश्वास व्यक्त गरे ।

उनले आगामी निर्वाचनमा कांग्रेस एक्लैले चुनावमा सहभागी हुने र बहुमत हासिल गरी सभापति थापालाई प्रधानमन्त्री बनाउने दाबी पनि गरे । त्यसका लागि आफूहरू लाग्ने नेता शर्माले स्पष्ट परे ।

You may also like