कांग्रेस केन्द्रीय समिति बैठक : एकता कायम गर्दै निर्वाचनमा केन्द्रित हुन अपिल

by समतल अनलाइन
54Shares

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम राख्दै आगामी दिनमा अघि बढ्ने निर्णय गरेको छ।

शनिबार काठमाडौँमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता, आपसी सद्भाव र सहकार्यबाटै निर्वाचनलगायतका चुनौती सामना गर्न सकिने निष्कर्ष निकालेको हो ।

सोही आधारमा देशभरका नेता तथा कार्यकर्तालाई एकता र सद्भाव कायम राख्दै अघि बढ्न अपिल गर्ने निर्णय गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई पुर्‍याएको योगदान र दिएको नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय पनि गरेको छ। आगामी दिनमा पनि देउवासहित अग्रज नेताहरूको अभिभावकत्व पार्टीमा रहिरहने विश्वास बैठकले व्यक्त गरेको प्रवक्ता चालिसेले बताए ।

उनका अनुसार अब पार्टी सम्पूर्ण रूपमा निर्वाचन केन्द्रित गतिविधिमा केन्द्रित हुनेछ । टिकट वितरणको प्रक्रिया संसदीय बोर्डमार्फत अघि बढाइने उनले बताए ।

प्रवक्ता चालिसेले पार्टीले विधान र संविधानअनुसार नै आधिकारिकता प्राप्त गरिसकेकाले अब भिन्न मत राखिरहनु आवश्यक नरहेको बताए ।

You may also like