बुटवलमा सुजुकीको एक्सचेन्ज मेला

by समतल अनलाइन
24Shares

बुटवल ।सुजुकी कम्पनीले आफ्नो दुई पाग्रे सवारीको बुटवलसहित देशका मुख्य शहरमा पाँच दिने एक्सचेन्ज मेला आयोजना गरेको छ । नेपालका लागि आधिकारिक विक्रेता भिजि अटो मोबाईल र यस क्षेत्रको विक्रेता बागमती मोटरसाईकल सेन्टरले शुक्रबारदेखी बुटवल ईट्टाभट्टीमा एक्सचेन्ज मेला संचालन गरेको हो ।

अग्रेजी नया वर्ष अफर अन्तरगत मेला राखिएको कम्पनीका सर्भिस हेड कल्याण दवाडीले बताए । हाल सुजुकीका ३ वटा स्कुटी र २ वटा बाईक बजारमा आएको छ । अफर अन्तरगत उपभोक्तालाई ५ वर्ष वारेन्टी र सर्भिसिङको सुविधा दिईने उनले बताए । ‘स्कुटीको नया भर्सेज समेत आउने तयारीमा छ ।’–उनले भने । मेलामा नागरिकताबाट नै फाईनान्सका साथै नगद १० हजार रुपैया र एडिसन अफर १० हजार रुपैयाको सुविधा पाउने ब्यवस्था रहेको छ । बागमती मोटरसाईकल सेन्टरले यस क्षेत्रको विक्रेता रहेका छन । कालिकानगर शंकरमान पथमा यसको शोरुमबाट विक्रीपछिको सम्पूर्ण सेवा दिदै आएको संचालक चिरन्जिवि श्रेष्ठले बताए । सुजुकी ब्राण्ड विश्वमा नै उत्कृष्ट रहेको भन्दै अहिले विक्रि पछिको सेवालाई मुख्य प्राथमिकतासहित अघि बढेको उनले बताए ।

नया वर्ष लक्षित गरि अल नेपालमा मुख्य मुख्य शहरहरुमा चलेको छ । काठमाण्डौ, भक्तपुर, ललितपुर, सुख्खड, तुल्सिपुर, सुर्खेत, धरान, दमक, ईलाम, बिरगंजमा चलेको छ । बजारमा सुजुकीको भि स्टोर्म एसएफ बाईक बजारमुल्य ६ लाख ९९ हजार ९ सय, जिक्सर १५५ बाईकको बजार मूल्य ३ लाख ९९ हजार ९ सय रुपैया तथा एभिनिस १२५ स्कुटीको बजार मूल्य ३ लाख ६ हजार ९ रुपैयामा उपलब्ध रहेको छ ।

You may also like