तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु

by समतल अनलाइन
50Shares

बुटवल ।बुटवल-११ मा रहेको तिनाउ इङ्लिस बोर्डिङ स्कुल खेल सप्ताह शुरु भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डेको अध्यक्षतामा आजदेख शुरु भएको खेलकुदका कार्यक्रम माघ ४ गते आइतबारसम्म चल्नेछन् । कुल ६८ वटा खेलका विधामा ४९८ वटा पदकका लागि खेल सञ्चालन हुने बिद्यालयले जनाएको छ ।

खेल सप्ताहमा बिगिनर्स, सब–जुनियर, जुनियर र सिनियर गरी चारवटा समूहमा विद्यार्थीहरूलाई विभाजन गरी खेलाइनेछ । कुनै एक विद्यार्थी ट्र्याक एण्ड फिल्ड गरी जम्मा तीनवटा खेलहरुमा सहभागी हुन सक्ने प्राचार्य सीता पाण्डेले बताउनुभयो ।

खेललाई व्यवस्थापन गर्नका लागि तहगत खेल संयोजक र फिल्ड संयोजकको नियुक्ति गरी खेलाइएको छ । आज उद्घाटन सत्रका खेलहरूमा मन्टेस्वरीतर्फ जम्प इन रिङ र कलेक्सन अफ बल, कक्षा नर्सरीका लागि कप एण्ड बल रेस र हट पोटयाटो, एलकेजी र युकेजीका लागि कलेक्सन बल्स र बिल्डिङ ब्लग्स, वानका लागि बलुन ब्लास्ट र बास्केटिङ द बल सब जुनियरका लागि बुकब्यालेन्स, म्युजिकल चेयर र स्पुन रेस एवं सिनियरका लागि फुटबल, क्रिकेट र भलिबल खेलहरू सम्पन्न भएका छन्

खेलको सञ्चालन र व्यवस्थापन अतिरिक्त क्रियाकलाप सल्लाहकार अग्निधर पोखरेल र अतिरिक्त क्रियाकलाप संयोजक नवीन रत्न शाक्यले गर्नुभएको थियो ।

You may also like