57
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुद्दा, मामिला, कोर्ट र कचहरीमा समय खेर नफाली एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।
शुक्रबार निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनले गरेको निर्णय अद्यावधिक गरेपछि प्रतिक्रिया दिँदै शर्माले यस्तो आग्रह गरेका हुन् । ‘सबैलाई यो नवीन यात्रामा, महान् यात्रामा एकताबद्ध भइदिनका लागि म अपील गर्न चाहन्छु ।’ शर्माले भने ।
उनले सबै शीर्ष नेताहरूलाई नवीन यात्रामा एकताबद्ध भएर लाग्न आग्रह गरे । अब मुद्दा र मामिलामा समय खेर फाल्न नहुने उनको भनाइ छ ।
‘सबैलाई यो महान् अभियानमा मुद्दा, मामिला, आदि, इत्यादि, कोर्ट, कचहरी गरेर समय खेर नफालेर एउटा नवीन यात्रामा जानका लागि सँगसँगै उभिऔँ, सँगसँगै बढौँ । समुन्नत नेपालको लागि बदलिएको कांग्रेस लिएर जाऔँ,’ शर्माले भने ।



