निर्वाचन आयोगले गगन थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापति मान्यता दियो

by समतल अनलाइन
68Shares

काठमाडौं। निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापति मान्यता दिएको छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र जानकी तुलाधारले पक्षमा निर्णय गरेका छन् भने आयोगका सदस्य सगुनशमशेर राणाले फरक मत राखेका थिए।

पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापति निर्वाचित गरेको थियो। विशेष महाधिवेशनबाट भएको निर्णयअनुसार सभापति थापासहितका पदाधिकारीहरूले बिहीबार आयोगमा विवरण अद्यावधिक गर्न निवेदन दिएका थिए।

यसअघि पूर्णबहादुर खड्का पक्षका नेताहरूले शुक्रबार बिहान आयोगमा निवेदन दिँदै आफूहरू आधिकारिक भएको दाबी गरेका थिए। दुवै पक्षको दाबीपछि आयोगले गगन पक्षलाई आधिकारिक मान्यता दिएको हो।

गगन पक्षले आधिकारिकता पाएसँगै अब चुनाव चिह्न र रुख, चारतारे झण्डा पनि उनीहरूको हुने भएको छ।

You may also like