बुटवल । रुपन्देहीको देवदहमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
देवदह नगरपालिका–७ ठुलीचौर निवासी ७२ वर्षीय रामबहादुर गुरुङको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३५ प ६५२५ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका गुरुङलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि देवदह मेडिकल कलेज, भलुही लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको देवदह प्रहरी चौकीका इन्सपेक्टर भिमसेन विष्टले जानकारी दिए ।
बुटवल । रुपन्देहीको देवदहमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
देवदह नगरपालिका–७ ठुलीचौर निवासी ७२ वर्षीय रामबहादुर गुरुङको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३५ प ६५२५ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका गुरुङलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि देवदह मेडिकल कलेज, भलुही लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको देवदह प्रहरी चौकीका इन्सपेक्टर भिमसेन विष्टले जानकारी दिए ।



