51
सुनसरी । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विराटनगरबाट राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका–८ उल्टी फुल चौक सडक खण्ड छेउमा दुर्घटना भएको हो ।
दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
मार्वल लोड भएको ट्रक बिहीबार बिहान हुलाकी राजमार्गअन्तर्गत भोक्रहा नरसिंह गाउँपालिका–८ फुलचौक जाने बाटोमा दुर्घटना भएको हो । प्रहरीले मृतकहरुको सनाखत हुन बाँकी रहेको र शव पोष्ट मार्टमका लागि जिल्ला अस्पातल लागिन लागेको बताएको छ । दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।



