निर्माण क्षेत्रमा वाणिज्य बैंकहरुको लगानी १२.५७ प्रतिशत बढ्यो, ५ महिनामा २ खर्ब १५ अर्ब नाघ्यो

by समतल अनलाइन
51Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/२३ को ५ महिनामा २० वणिज्य बैंकहरुले २ खर्ब १५ अर्ब २४ करोड ९१ लाख रुपैयाँ निर्माण क्षेत्रमा लगानी गरेको छन् । यो रकम गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १२.५७ प्रतिशतले बढी हो ।
गत आवको सोही अवधिमा बैंकहरुले निर्माण क्षेत्रमा १ खर्ब ९१ अर्ब २० करोड ४९ लाख रुपैयाँ लगानी गरेको थियो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ५ महिनामा निर्माण क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने पहिलो नम्बरमा नबिल बैंक रहोको छ । यो बैंकले मंसिर मसान्तसम्ममा २५ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले गत आवको सोही अवधिमा २४ अर्ब ७० करोड ३३ लाख रुपैयाँ लगानी गरेको थियो ।

त्यसैगरी, सबैभन्दा धेरै लगानी गर्ने दोस्रो स्थानमा लक्ष्मी सनराइज बैंक परेको छ । बैंकले २३ अर्ब ६६ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ । यो गत आवको सोही अवधिमा बैंकले १८ अर्ब ५५ करोड २० लाख रुपैयाँ लगानी गरेको थियो ।

साथै, एनआईसी एशिया बैंकले सबैभन्दा धेरै लगानी गर्दै तेस्रो स्थानमा परेको छ । बैंकले २० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । यो गत आवको सोही अवधिमा बैकले १८ अर्ब १४ करोड ६७ लाख रुपैयाँ लगानी गरेको थियो ।

तथ्यांक अनुसार चालु आवको ५ महिनामा नेपाल बैंकले ३ अर्ब ५९ करोड रुपैयाँ, राष्ट्रि वाणिज्य बैंकले ३ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले ७ अर्ब १४ करोड १४ लाख रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंकले ८ अर्ब ६६ करोड ८० लाख रुपैयाँ, हिमालय बैंकले २ अर्ब ३४ करोड ७७ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ८८ कारेड ९५ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४ अर्ब ६१ करोड ४१ लाख रुपैयाँ, लगानी गरेको छ ।

त्यस्तै, समिक्षा अवधिमा  माच्छापुच्छ्रे बैंकले १० अर्ब २४ करोड ९२ लाख रुपैयाँ, कुमारी बैंकले १५ अर्ब ७२ करोड ४६ लाख रुपैयाँ, लगानी गरेको छ । त्यसैगरी, सिद्धार्थ बैंकको ४ अर्ब ३३ करोड ९६ लाख रुपौयाँ, कृषि विकास बैंकको १२ अर्ब ३१ करोड ५६ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ९ अर्ब ६६ करोड ८३ लाख रुपैयाँ लगानी रहेको छ ।

सिटिजन्स बैंकको १७ अर्ब ७१ करोड रुपैयाँ, प्राईम बैंकको १४ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ, एनएमबि बैंकको ६ अर्ब ८४ करोड ९७ लाख रुपैयाँ, प्रभु बैंकको १४ अर्ब ८८ करेड ७५ लाख रुपैयाँ, सानिमा बैंकको ८ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ लगानी रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

You may also like