काँग्रेस विशेष महाधिवेशन: महामन्त्रीको प्रतिवेदन पारितपछि नेतृत्व चयनको कार्यसूची

by समतल अनलाइन
56Shares

काठमाडौँ । नेपाली काँग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र आजपनि हुदै छ ।

सोमबारदेखि शुरु भएको बन्दसत्रमा दुवै महामन्त्रीले पेश गरेका प्रतिवेदनमा छलफल जारी रहेको छ । आज बिहान ९ बजेदेखि बन्दसत्र शुरु हुने र सोमबारदेखि ९ समुहमा शुरु गरिएको समुहगत छलफलले निरन्तरता पाउने विशेष महाधिवेशन प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिएका छन् ।

पोखरेलका अनुसार प्रतिवेदन पारित भएपछि विशेष महाधिवेशनको बन्दसत्र नेतृत्व चयनमा केन्द्रित हुने भएको छ । यद्यपी नेताहरुबीच सहमतिको प्रयास भइरहेकाले छलफलको निष्कर्षपछि मात्र नेतृत्व चयनको विषयले प्रवेश पाउने बताइएको छ । सभापति शेरबहादुर देउवको पहलमा दुवै महामन्त्रीहरुसँग सोमबारदेखि नै छलफल जारी रहेकाले त्यसको निष्कर्षपछि मात्र बन्दसत्र नेतृत्व चयनको कार्यसूचीमा प्रवेश गर्ने छ ।

विशेष महाधिवेशनमा अहिलेसम्म ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गराएको आयोजकले जानकारी दिएका छन् । आइतबार २६६२ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएकोमा सोमबार ६.२४ प्रतिशत बढेर कुल ६३ प्रतिशत प्रतिनिधिले नाम दर्ता गरेको जानकारी दिइएको छ ।

You may also like