बैतडीमा जीप दुर्घटनामा चार जनाको मृत्यु

by समतल अनलाइन
65Shares

धनगढी । बैतडीको पाटन नगरपालिका–८ जयपृथ्वी राजमार्गअन्तर्गत विजयपुरनजिक झौलेकमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान भएको दुर्घटना हुदा तीन जनाको घरटनास्थलमै र एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सिगास गाउँपालिका–१ का २४ वर्षीय निशान्त बोहरा र २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै र सिगास गाउँपालिका–१ की २७ वर्षीया वसन्ती ऐरको जिल्ला अस्पताल डडेल्धुरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

अन्य ६ जना घाइते को उपचार भइरहेको र घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक र बाँकीको सामान्य रहेको छ ।

You may also like