तराईमा हुस्सु–कुहिरो, पहाडी र हिमाली क्षेत्रमा मौसम खुला

by समतल अनलाइन
161Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ।

विभागका अनुसार देशभर मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो र राति तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

यद्यपि पहाडी तथा हिमाली भू–भागमा भने मौसम सामान्यतया सफा नै रहने विभागले जनाएको छ।

You may also like

This will close in 0 seconds