कांग्रेस विशेष महाधिवेशन : यस्तो छ प्रतिनिधिहरूको समर्थन

by समतल अनलाइन
60Shares

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा बहुमत पुर्‍याउन नदिन संस्थापन पक्षको दबाबका बीच ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

विशेष महाधिवेशन आयोजक समितिका अनुसार पाल्पा र दार्चुलाबाट सबैभन्दा धेरै र मुस्ताङबाट सबैभन्दा कम प्रतिनिधिले समर्थन जनाएका हुन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार हाल ७७ जिल्ला, भ्रातृ संस्था, शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट दुई हजार ५७१ प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा छन् । थप ५०० महाधिवेशन प्रतिनिधि सहभागी हुने उनको दाबी छ ।

कोशी प्रदेशका १४ जिल्लामा सबैमा ५० प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेका छन् । झापाका १२५ प्रतिनिधिमा ७२, मोरङका १५० मध्ये ९७, सुनसरीमा ७८ जनाले पक्षमा हस्ताक्षर गरेका छन् । इलाम ३७, पाँचथर १९, ताप्लेजुङ १३, संखुवासभा २०, तेह्रथुम २१, भोजपुर १५, धनकुटा १६, खोटाङ १३, सोलुखुम्बु १८, ओखलढुङ्गा १३ र उदयपुर ४२ प्रतिनिधिले समर्थन जनाएका छन् ।

मधेश प्रदेशमा आठ जिल्लामध्ये धनुषा र पर्सा बाहेक सबैमा ५० प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेका छन्। सप्तरी ६१, सिराहा ५८, धनुषा २५, महोत्तरी ५३, सर्लाही ७१, रौतहट ७०, बारा ७२ र पर्सा ३४ जना पक्षमा छन् ।

बागमतीमा चितवन ८५ प्रतिशत पक्षधर, दोलखा ८, धादिङ ३८, रसुवा २१, सिन्धुपाल्चोक २८, रामेछाप १६, नुवाकोट २९, काभ्रेपलान्चोक ३१, काठमाडौँ १६१, भक्तपुर २६, ललितपुर ३०, सिन्धुली ३३ र मकवानपुर २५ जनाले समर्थन जनाएका छन्।

गण्डकी प्रदेशमा गोरखा ४७, तनहुँ २५, स्याङ्जा २६, लमजुङ २३, कास्की ४७, मनाङ ४, पर्वत २०, बागलुङ ३५, म्याग्दी १७ र नवलपुर ३३ जनाले पक्षमा हस्ताक्षर गरेका छन्। मुस्ताङमा मात्र १ जना।

लुम्बिनी प्रदेशमा १२ जिल्लामध्ये ९ जिल्लाका अध्यक्षहरूले पनि समर्थन जनाएका छन् । पाल्पा ५० मध्ये ४९, बर्दिया ८, नवलपरासी ३२, रुपन्देही ७८, कपिलवस्तु ४३, अर्घाखाँची २३, गुल्मी ४२, दाङ २७, प्युठान १३, पूर्व रुकुम २१, रोल्पा २४ र बाँके २५ जनाले पक्षमा हस्ताक्षर गरेका छन्।

कर्णालीमा डोल्पा २१, डोल्पा २१, जुम्ला १९, कालिकोट १३, मुगु १३, सल्यान १२, दैलेख ३१, पश्चिम रुकुम ९, हुम्ला ४ जना पक्षमा छन्।

सुदूरपश्चिममा दार्चुला एक जना बाहेक सबै विशेष महाधिवेशनको पक्षमा, डडेलधुरा २, कैलाली ३०, डोटी ११, अछाम ३०, बाजुरा १८, बझाङ ७, कञ्चनपुर १४ र बैतडी १३ जनाले पक्षमा हस्ताक्षर गरेका छन्।

भ्रातृ र शुभेच्छुक संस्थाबाट ७१ जना पक्षधर छन् । विदेशस्थित जनसम्पर्क समितिबाट २९ देशमा प्रतिनिधि सहभागी छन् । अमेरिका, बेलायत, भारत र जापानबाट १४ प्रतिनिधि छनोट भएको छ ।

त्यस्तै, नेपाली कांग्रेस काठमाडौँ जिल्ला प्रदेशसभाका क्षेत्रीय सभापतिहरूले पुस २७-२८ गते हुने पार्टीको विशेष महाधिवेशनमा सबै प्रतिनिधिलाई सहभागी हुन आह्वान गरेका छन्। सभापतिहरूले विज्ञप्ति जारी गर्दै देशको विषम परिस्थितिलाई ध्यानमा राखेर लोकतन्त्र रक्षार्थ ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित आह्वान गरेको बताएका छन्।

‘नेपाली कांग्रेसले वैचारिक स्पष्टता, सङ्गठनात्मक एकता र आन्तरिक लोकतन्त्रको निर्णय लिन सक्छ। सम्पूर्ण प्रतिनिधिको सक्रिय सहभागिताले परिवर्तनशील कांग्रेस निर्माणमा गति दिन सक्छ,’ विज्ञप्तिमा भनिएको छ।

You may also like