शान्ति नमुनामा खेल सप्ताह शुरु

by समतल अनलाइन
39Shares

तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आजदेखि खेल सप्ताह शुरु भएको छ।

विद्यालयको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह अन्तरगत आज भएको छात्रतर्फको फुटवल खेलमा कक्षा ८ जि र ९ जिको संयुक्त टोली विजेता भएको छ ।

यस्तै छात्रा तर्फको फुटवलमा कक्षा ८ वि र आइको संयुक्त टोली विजेता भएको अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।

यस्तै अन्तर-कक्षा छात्रा टेबल टेनिस प्रतियोगितामा कक्षा ६ तर्फ प्रिन्सा पन्तले प्रथम स्थान हासिल गरिन्। त्यसैगरी सुबेच्छा कोईराला द्वितीय र दिक्षा भुसाल तृतीय हुन सफल भए। कक्षा ७ बाट अनुष्का भण्डारीले स्वर्ण पदक हात पारिन्। समृद्धि ज्ञवालीले द्वितीय स्थान प्राप्त गर्दा नितेशा चापागाईं तृतीय भइन्।

कक्षा ८ को प्रतिस्पर्धामा श्रद्धा वाग्ले प्रथम स्थानमा रहन सफल भइन्। सन्ध्या पन्तले द्वितीय र आकृति पाण्डेले तृतीय स्थान हासिल गरे।कक्षा ९ तर्फको भिडन्तमा सुस्मिता पंगेनीले प्रथम स्थान हात पारिन्। त्यस्तै अंकिता टण्डनले द्वितीय र सुरक्षा पोखरेलले तृतीय स्थान सुरक्षित गरे।

कक्षा ६ को छात्र तर्फको टेबल टेनिस प्रतिस्पर्धामा कृषल न्यौपाने प्रथम हुन सफल भएका छन् । त्यस्तै, नोयल श्रेष्ठले द्वितीय र विजय परियारले तृतीय स्थान हासिल गरे ।कक्षा ७ बाट रिजन क्षेत्रीले प्रथम स्थान हात पारे । भुवन बुढा मगर द्वितीय र आयुष भट्टराई तृतीय हुन सफल भए ।

कक्षा ८ को भिडन्तमा सम्पन्न खनालले स्वर्ण पदक जितेका छन् । कुशल अधिकारीले द्वितीय र सचिन तिवारीले तृतीय स्थान सुरक्षित गरे । कक्षा ९ को प्रतिस्पर्धामा आयुष लम्साल प्रथम भए । त्यसैगरी, विशाल पन्थी द्वितीय र अंकित रेग्मीले तृतीय स्थान प्राप्त गरेका शिक्षक विश्व पाण्डेले जानकारी दिनुभयो ।

यस्तै १०० मिटर दौड प्रतियोगितामा विभिन्न कक्षाका छात्र तथा छात्राहरूले पदक जितेका छन् । कक्षा ६ मा छात्र तर्फ कविर सुनार प्रथम, कृषल न्यौपाने द्वितीय र सागर नेपाली तृतीय भए। छात्रातर्फ सुरक्षा कोइराला प्रथम, सुजल अर्याल द्वितीय र कुसुम जि.सी. तृतीय हुन सफल भए।

कक्षा ७ मा छात्रतर्फ नसिब मुसहर प्रथम, रोजित खनाल कुमाल द्वितीय र रजनिस कुमार तृतीय भए। छात्रातर्फ मित्र कुमारी गुप्ता प्रथम, निष्ठा पाण्डे द्वितीय र समृद्धि ज्ञवाली तृतीय हुन सफल भए।

कक्षा ८ मा छात्रतर्फ प्रशान्त कुंवर प्रथम, दिवेन अर्याल द्वितीय र सुशान्त वि.क. तृतीय भए। छात्रातर्फ आकृति काफ्ले (प्रथम), सलिना थारु द्वितीय र विनिता बेलबासे तृतीय भए।यसैगरी कक्षा ९ मा छात्रतर्फ लक्ष्मण गौड्याल प्रथम, तिलक बुढा मगर द्वितीय र लिकेश पाण्डे तृतीय भए। छात्रातर्फ पार्वति वि.क. प्रथम, गरिमा गुप्ता द्वितीय र सपना यादव तृतीय हुन सफल भए।

यस्तै बाघचाल प्रतियोगिता अन्तर्गत कक्षा ९ बाट प्रथम दर्पण बानियाँ, द्वितीय मण्दिप कँडेल र तृतीय रोशन खनाल भए। कक्षा ८ छात्रबाट प्रथम मिलन न्यौपाने, द्वितीय बिनायक नेपाल र तृतीय विकल्प न्यौपाने भए। कक्षा ८/९ छात्राबाट प्रथम रेश्मा खनाल, द्वितीय आइशा खातुन र तृतीय महिमा कँडेल भए।

त्यसैगरि कक्षा ७ छात्रबाट कृष्ण प्रसाद पँगेनी प्रथम, विपिन बगाले द्वितीय र नवीन रावल तृतीय भए। कक्षा ७ छात्राबाट मान्शी गैह्रे प्रथम, अन्जली आले द्वितीय भए। त्यसैगरी कक्षा ६ छात्र तर्फबाट पवन प्रजापति प्रथम, प्रसन्न पन्त द्वितीय एवम् आयुस भट्टराई तृतीय भए। बाघचाल प्रतियोगितामा जम्मा १६६ जना विद्यार्थीले भाग लिएका संयोजक शिव खनालले जानकारी दिनुभये ।

खेलकुद विकास र विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित यस प्रतियोगिताका विजयी खेलाडीहरूलाई विद्यालयले बधाई ज्ञापन गरेको छ ।विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले खेल सप्ताहको आयोजना गरेको बताउदै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विभिन्न खेलकुदहरु तथा रचनात्मक कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभयो ।

विद्यालयको ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा माघ ४ गते पढाई महोत्सव तथा आन्तरिक विज्ञान एवं प्रविधि प्रदर्शनी, माघ ६ गते जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा खाना महोत्सव, माघ ७ गते खेलकुद पुरस्कार वितरण, बृहत सरसफाइ अभियान, रक्तदान तथा म्याराथन, माघ ८ गते प्रभातफेरि, छात्रवृत्ति अक्षयकोष वितरण, एइइ तथा एसएलसी उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो वितरण गर्ने कार्यक्रम रहेको छ ।
६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको मुल समारोह माघ ९ गते शुक्रबार हुनेछ।

You may also like