48
काठमाडौँ । कुलमान घिसिङले राजीनामा दिएपछि उनले सम्हाल्दै आएका तीन मन्त्रालयको कार्यभार तीन अन्य मन्त्रीलाई दिइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा घिसिङले सम्हाल्दै आएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी उद्योग मन्त्री अनिलकुमार सिन्हालाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वनमन्त्री माधवप्रसाद चौलागाईलाई र सहरी विकास मन्त्रालयको कार्यभार भूमि व्यवस्थामन्त्री कुमार इङ्नामले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।



