डेरी एसोसिएसन लुम्बिनी प्रदेशको नयाँ नेतृत्व , अध्यक्षमा पुन : न्यौपाने

by समतल अनलाइन
99Shares

बुटवल । नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट अध्यक्ष पुन:थानेश्वर न्यौपाने सर्वसम्मत चयन भएका छन्।

अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा कमलप्रसाद भुसाल, सचिवमा विजय सापकोटा, कोषाध्यक्षमा लेखनाथ भण्डारी र सह–सचिवमा लिलाराम भुसाल (एलआर) चयन भएका छन्।

यस्तै, कार्यसमिति सदस्यहरूमा सन्दीप जैसवाल, लोकराज पोखरेल, कासिराम भट्टराई, कमलप्रसाद आचार्य, सनम शर्मा, नर्जन श्रेष्ठ, हरि देवकोटा (प्रकाश), पवन भट्टराई, जनदीप न्यौपाने र नवराज सापकोटा चयन भएका छन्।

अधिवेशनमा लुम्बिनी प्रदेशमा डेरी उद्योगको वर्तमान अवस्था, दूध उत्पादन वृद्धि, किसानको हित, बजार व्यवस्थापन तथा उद्योगले भोग्दै आएका समस्याबारे छलफल गरिएको थियो ।

नव–निर्वाचित अध्यक्ष पौडेलले प्रदेशको डेरी क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी र दिगो बनाउन संघले एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

You may also like