72
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको २ हजारले घटेर तोलाको २ लाख ६५ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको २ लाख ६७ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको सय रुपैयाँले घटेर तोलाको ४८३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९३५ रुपैयाँमा कारोबार भएको थियो ।



