कुलमान घिसिङले दिए मन्त्रीबाट राजीनामा

by समतल अनलाइन
102Shares

काठमाडौँ । उर्जा, शहरी विकास र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । कुलमानले बुधबार राति पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् । बुधबार राति घिसिङले प्रधानमन्त्री सुशिला कार्कीलाई राजीनामा बुझाएका हुन् ।

नागरिक सरकारमा बसेर दलमा आवद्ध भएको भन्दै प्रधानमन्त्री सुशिला कार्कीले समेत राजीनामा दिन भनिसकेको अवस्थामा पदमा बसिरहेको भन्दै उनको चर्को आलोचना भइरहेको थियो । मंगलबार एक कार्यक्रममा उनले आफु अहिलेसम्म कुनै दलमा आवद्ध नरहेको बताएपछि उनको आलोचना अझ बढेको थियो । प्रधानमन्त्री कार्कीले दलको गतिविधिमा संलग्न भएको भन्दै कुलमानसहित सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्तालाई राजीनामा दिन भनेकी थिइन् ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको सुशिला कार्की नेतृत्वको सरकारमा कुलमान भदौ २९ मा ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरि मन्त्री बनाइएको थियो । उनले भदौ ३० गते मन्त्री पदको शपथ लिएका थिए ।

You may also like