115
काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका-३ मा बुधबार साँझ भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइतेहरुमध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको परिचय खुल्न बाँकी रहेको छ ।
जर्सिङपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कंदै गरेको बा ४ ख ८७८८ नं. को महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेको थियो । बसमा करिब ४० जना रहेकोमा ३० जनाभन्दा बढी घाइते भएका थिए । घटनास्थलबाट सबै जनालाई उद्धार गरी साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल र पिपुल्स लाइफ केयर लगायतका अस्पतालमा पुर्याइएको थियो ।



