काठमाडौँ । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारसमेत चार जना र बिज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि वीरगन्जविरुद्ध भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको ठेक्कासम्बन्धि सूचना प्रकाशन गर्दा अनियमितता गरेको आरोपमा छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह र तत्कालीन लेखापाल संजय
पटेल तथा बिज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि वीरगंज, पर्सा तथा उक्त कम्पनीका संचालक कमल कुमार उपाध्यायविरुद्ध जनही ४ लाख २९ हजार चार सय बराबर बिगो माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको हो ।
अख्तियारले गाउँपालिकाको ठेक्का सुचना सौर्य दैनिकमा प्रकाशित गरिएको भनिए पनि अनुसन्धान गर्दा सो सुचना भनिएको दिन पत्रिकामा प्रकाशित नभएको पाइएको भन्दै मुद्धा दायर गरेको जानकारी दिएको छ ।



