72
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले पुष २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशनको घोषणा गरिएको हो ।
विशेष महाधिवेशन पक्षधरले विधान अनुसार आफुहरुले विशेष महाधिवेशन गर्न लागेको बताउदै विभिन्न समिति बनाएर तयारी तिब्र गतिमा भइरहेको जानकारी गराएको हो ।
उनीहरुले पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनमा सहभागी हुन पार्टीका सबै महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
उनीहरुले पार्टी विधान अनुसार हुने र यसले आधिकारिकता समेत पाउने दाबि गर्दै सबैको सहभागिता हुने र पार्टीको केन्द्रीय कमिटीले समेत यसको अपनत्व लिने विश्वास व्यक्त गरेका छन् । विशेष महाधिवेशन पक्षधरले व्यवस्थान र महाधिवेशन सम्पन्न गर्न १८ वटा समिति बनाएको जानकारी दिएको छ ।



