सुनसरी-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने साम्पाङको घोषणा

by समतल अनलाइन
98Shares

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने घोषणा गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उम्मेदवारी घोषणा गरेका हुन् । साम्पाङले फेसबुकमा लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो! जय देश !’

श्रम संस्कृति पार्टी स्थापना गरपछि उनी राजनीतिक गतिविधिमा सक्रिय छन् । हाल देशका विभिन्न स्थानमा पुगेर उनले संगठन विस्तारलाई तीव्र बनाएका छन् ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सुनसरी–१ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक राई निर्वाचित भएका थिए ।

उक्त निर्वाचनमा राईले १७ हजार ५९ मत प्राप्त गरेका थिए। दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङ रहेकी थिइन्। उनले १६ हजार ६०६ मत पाएकी थिइन् ।

तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)का मुक्सामहाङ सुब्बा थिए । उनले १३ हजार ८७ मत प्राप्त गरेका थिए ।

You may also like