पश्चिमी वायूको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

by समतल अनलाइन
194Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।
विभागका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा हुस्सु लागेको छ।

तराई क्षेत्रमा हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यसँगै हवाई तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने विभागले जनाएको छ। त्यसैले दैनिक रूपमा जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन विभागले अनुरोध गरेको छ।
आज दिउँसो र राति तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहने अनुमान गरिएको छ। यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

You may also like

This will close in 0 seconds