शुद्धोदन गाउँपालिकामा प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

by समतल अनलाइन
121Shares

नगेन्द्र केसी
शुद्धोदन । शुद्धोदन गाउँपालिकाले सुशासन, पारदर्शिता र विकासलाई प्रभावकारी बनाउन सरोकारवालाहरूसँग प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार वडा नम्बर ५ कोटहिमाई दरबहवा मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा खाद्य, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, खानेपानी, महिला तथा बालबालिका अधिकारलगायतका विषयमा छलफल गरिएको थियो।

शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले नदिजन्य उत्खनन, नदी किनार तटबन्ध, उद्यम विकास तालिम, शिक्षा, कृषि तथा पशुपालन, स्वास्थ्य सेवा, छाडा पशुचौपाया व्यवस्थापन, खानेपानी, फोहोर व्यवस्थापन, लक्षित वर्गका कार्यक्रम र बजेट कार्यान्वयनसम्बन्धी गुनासा राखेका थिए।

कार्यक्रममा अध्यक्ष बस्यालले गाउँपालिका जनताको अभिभावक भएकाले सेवाप्रवाहका क्रममा देखिएका समस्या र कमजोरीहरू निर्धक्क रूपमा राख्न आग्रह गर्नुभयो। जनताको सन्तुष्टि नै आफ्नो लागि ठूलो उपलब्धि भएको उल्लेख गर्दै उहाँले सार्वजनिक सुनुवाइमा उठेका समस्यालाई कार्यपालिकाको बैठकमार्फत योजना बनाएर क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो।

विभिन्न वडाका जनप्रतिनिधि तथा वडा अध्यक्षहरूले आफूहरूले गरेका प्रतिबद्धताअनुसार काम भए–नभएको अनुगमन गर्न स्थानीय बासिन्दालाई आग्रह गरे। वडास्तरबाट नागरिकका समस्या र गुना

You may also like