96
काठमाडौँ । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो। टोलीमा एनपीएल २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित शेर मल्ल समावेश भएका छन्। शेर पहिलोपटक नेपालको सिनियर राष्ट्रिय टोलीमा परेका हुन्।
बसिर अहमद पनि विश्वकप टोलीमा स्थान बनाउन सफल भएका छन्। विश्वकप एसिया इएपी छनोटमा खेलेका कुशल मल्ल र मोहम्मद आदिल आलम भने अन्तिम टोलीमा अटाएनन्।
नेपालको १५ सदस्यीय टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम र सन्दीप जोरा रहेका छन्।



