नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढ्यो

by समतल अनलाइन
91Shares

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको छ। यसअघि सोमबार छापावाल सुन तोलामा २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। महासङ्घका अनुसार चाँदी तोलामा १ सय ९५ रुपैयाँले बढेर ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलामा ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

You may also like