पश्चिमी वायूको आंशिक प्रभाव, उच्च पहाडमा हल्का वर्षा/हिमपातको सम्भावना

by समतल अनलाइन
74Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ।
विभागका अनुसार हाल देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी तराई भू–भागमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले यसको प्रभाव दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक रूपमा पर्न सक्ने विभागले जनाएको छ। यसका लागि विभागले दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन अनुरोध गरेको छ।

आज दिउँसो र राति तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहने अनुमान छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

You may also like