बुटवलमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु

by समतल अनलाइन
135Shares

बुटवल। बुटवलमा नियमित चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सहायक हवल्दार नागेश्वर पाल कारको ठक्करबाट मृत्यु भएका छन्।

पश्चिम नवलपरासीबाट बुटवलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००३ च ००७७ नम्बरको कारले बुटवल रामनगरस्थित पूर्व–पश्चिम राजमार्गको धागो कारखानानजिकै चेकजाँच खटिएका प्रहरीलाई ठक्कर दिएको थियो।

प्रहरीका अनुसार तीव्र गतिमा आएको कारले दुई ट्राफिक प्रहरीमध्ये पाललाई मध्य सडकमै ठक्कर दिएको थियो। उनको तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

घटनापछि चालक, रेसुंगा नगरपालिका–२, तम्घास, गुल्मी का ५६ वर्षीय जितेन्द्रसिंह थापा, र कार नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्र रानाका अनुसार कारको तीव्र गति नै दुर्घटनाको मुख्य कारण भएको र थप अनुसन्धान जारी रहेको छ।

You may also like