गुल्मी-२ बाट एमालेका विष्टको एकल नाम सिफारिस

by समतल अनलाइन
64Shares

काठमाडौँ । नेकपा एमालेले गुल्मी क्षेत्र नम्बर २ बाट उपाध्यक्ष गोकर्ण विष्टको एकल नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्रमध्ये १ नम्बर क्षेत्रमा प्रदीप ज्ञवालीको एकल नाम पहिले नै सिफारिस भइसकेको थियो । २ नम्बर क्षेत्रमा उपाध्यक्ष विष्टसहित रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाममा छलफल भएको थियो ।

क्षेत्रीय संयोजक रितबहादुर थापाले विष्टको नाम एकल सिफारिस गरिएको बताए । हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनमा विष्ट ईश्वर पोखरेल प्यानलबाट केन्द्रीय उपाध्यक्षमा विजयी भएका थिए।

विष्टको संसदीय यात्रा ०५६ सालदेखि सुरु भएको हो । ०६४ सालको पहिलो संविधानसभा चुनावमा उनी माओवादीसँग पराजित भए। त्यसपछि ०७० सालको दोस्रो संविधानसभा, २०७४ र २०७९ मा लगातार विजयी भएका थिए।

गुल्मी–२ क्षेत्रीय समन्वय कमिटी समन्वय कमिटीका अनुसार नेताहरूले आकाङ्क्षा राख्नु स्वाभाविक भए पनि अन्ततः विष्टको नाम सर्वसम्मत रुपमा पठाइएको हो ।

You may also like