नेप्से २८.७३ अंकले बढ्यो, ६ अर्ब ४७ करोडको कारोबार

by समतल अनलाइन
85Shares

काठमाडौँ । नेप्से आज दोहोरो अंकको वृद्धि भएको छ । सोमबार नेप्से २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३५ कम्पनिका एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रो, बन्दीपुर केवलकार, रुरु जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाइड्रोको शेयर ९.९८ प्रतिशतले बढेको छ भने दाराम्खोला हाइड्रोको शेयर ९.५४ प्रतिशतले बढेको छ । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको डिकभेन्चरको शेयर सबैभन्दा बढी २.४९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ३८ करोड ६९ लाख बराबरको कारोबार भएको छ भने बन्दीपुर केवलकारको २० करोड ९१ लाख बराबरको कारोबार भएको छ ।

You may also like