66
बुटवल । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं २ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।
एमाले रुपन्देही–२ का क्षेत्रीय सह–संयोजक राजेन्द्र ढकालका अनुसार हालै सम्पन्न क्षेत्रीय कमिटीको बैठकले पौडेललाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।
पार्टीभित्र लामो समयदेखि सक्रिय रहँदै आएका पौडेल अनुभवी र लोकप्रिय नेता भएकाले एकल रूपमा सिफारिस गरिएको ढकालले बताए ।
उनका अनुसार क्षेत्रीय कमिटीको सिफारिस अब जिल्ला कमिटी हुँदै प्रदेश र केन्द्रीय तहमा पठाइनेछ । अन्तिम निर्णय भने पार्टीको केन्द्रीय कमिटीले गर्ने एमालेले जनाएको छ ।



