शीतलहरका कारण दाउन्ने सडक पुर्ण रुपमा अवरुद्ध , वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

by समतल अनलाइन
90Shares

बुटवल । अविरल शीतलहरका कारण सडक चिप्लो भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित दाउने जंगल क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका अनुसार आज बिहान करिब ९:३० बजेदेखि सडक अत्यधिक चिप्लो हुँदा ठूला मालवाहक सवारी साधन आवत–जावत गर्न नसक्ने अवस्था सिर्जना भएको हो। उकालो–ओरालो खण्डमा सवारी साधन चिप्लिने र फस्ने जोखिम बढेपछि सुरक्षाका कारण सवारी आवागमन पूर्ण रूपमा रोकिएको जनाइएको छ।

बाटो अवरुद्ध भएपछि पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्ने यात्रु तथा सवारी साधन बीचमै रोकिएका छन्। सडकको अवस्था सुधार गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले अत्यावश्यक कामबाहेक उक्त मार्ग प्रयोग नगर्न, सतर्कता अपनाउन तथा सम्भव भए वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालक तथा यात्रुहरूलाई अनुरोध गरेको छ।

You may also like