एमाले गुल्मी–१ मा ज्ञवालीको नाम पक्का, गुल्मी–२ मा विष्टसहित ६ जना प्रतिस्पर्धामा

by समतल अनलाइन
111Shares

बुटवल । नेकपा एमाले गुल्मीका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ मा प्रदीप ज्ञवालीको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं. २ मा ६ जनाको नाम प्रस्तावित गरिएको छ।

एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाका अनुसार क्षेत्र नं. १ बाट नेता ज्ञवालीको एकल नाम सिफारिस भई आएको हो। क्षेत्र नं. २ मा भने केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्ट, नेतृ रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाले उम्मेदवारीको आकांक्षा राखेका छन्। यद्यपि, सो क्षेत्रमा हालसम्म अन्तिम निर्णय भइसकेको छैन।
क्षेत्रीय कमिटी सचिव अर्जुन आचार्यले अहिलेसम्म कुनै औपचारिक निर्णय नभएको जानकारी दिए। उनका अनुसार अध्यक्ष रितबहादुर थापा बिरामी भएर उपचारका लागि बुटवल गएकाले निर्णय प्रक्रिया टुंगोमा नपुगेको हो।

“यसअघिको बैठकमा छ जनाले आकांक्षा राख्नुभएको थियो। यदि एकल नाममा सहमति जुटे गोकर्ण विष्टको नाम जाने सम्भावना छ, नभए सबैको नाम जिल्लामा सिफारिस गरिनेछ,” आचार्यले भने।

You may also like