देशभर पश्चिमी वायूको प्रभाव, तराईमा हुस्सु र उच्च भू–भागमा वर्षा/हिमपातको सम्भावना

by समतल अनलाइन
194Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर हाल पश्चिमी वायूको प्रभाव रहेको छ। पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। साथै तराई क्षेत्रमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले यसले दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन र सडक यातायातमा आंशिक असर पार्न सक्ने चेतावनी दिइएको छ।

आज दिउँसो र राति तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ।
विभागले दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचना नियमित रूपमा हेर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

You may also like

This will close in 0 seconds