एमालेबाट इलाम- २ मा सुहाङ एकल सिफारिस

by समतल अनलाइन
40Shares

इलाम । नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि सुहाङ नेम्वाङलाई सिफारिस गरेको छ ।

शनिबार बसेको जिल्ला कमिटी बैठकले सुहाङलाई सर्वसम्मत रुपमा एकल सिफारिस गरेको हो ।

सुहाङ २०८० वैशाख १५ गते भएको उपनिर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । उनका बुवा सुवास नेम्वाङको निधनपछि रिक्त रहेको क्षेत्रमा एमालेले उनलाई उम्मेदवार बनाएको थियो । सुहाङले उपनिर्वाचनमा कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पराजित गरेका थिए ।

You may also like